करार सेवामा कर्मचारी पदपूर्ति (स्वीपर र सरसफाइकर्ता) का लागि दरखास्त आह्वान सम्बन्धी सूचना !

कालिका गाउँपालिका मातहत सञ्चालित श्री जिबजिबे ग्रामीण अस्पताल (कालिका-५, रसुवा) मा कामकाज गर्नका लागि करार सेवामा स्वीपर (श्रेणीविहीन) १ जना र सरसफाइकर्ता (श्रेणीविहीन) १ जना पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। सामान्य लेखपढ गर्न जान्ने र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले नागरिकता, अनुभवको प्रमाणपत्र (भएमा), २ प्रति फोटो र तोकिएको परीक्षा दस्तुर (रु. १,०००/-) तिरेको नगदी रसिदसहित सूचना प्रकाशित मिति (२०८३/०७/१६) ले १५ दिनभित्र गाउँ कार्यपालिकाको कार्यालय, धैबुङमा दरखास्त पेश गर्नुहुन अनुरोध छ। बाढी प्रभावित परिवारका सदस्यलाई छनोटमा विशेष प्राथमिकता दिइनेछ।