बाढी तथा पहिरो प्रभावित (मृतक, बेपत्ता, पूर्ण विस्थापित, आंशिक तथा सामान्य क्षति) परिवारहरूको अद्यावधिक आधिकारिक विवरण सार्वजनिक गरिएको सम्बन्धी सूचना !
Powered by
riri one
कालिका गाउँपालिकामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुभएका, बेपत्ता हुनुभएका, पूर्ण विस्थापित भएका तथा आंशिक र सामान्य क्षति व्यहोरेका परिवारहरूको अद्यावधिक र एकीकृत आधिकारिक विवरण सार्वजनिक गरिएको छ।वडा कार्यालयहरूको सिफारिस तथा प्राप्त पछिल्ला तथ्यहरूका आधारमा मिति २०८३/०६/१२ मा प्रकाशित सूचीलाई संशोधन एवं अद्यावधिक गरिएको हो र आगामी दिनमा सञ्चालन हुने सम्पूर्ण राहत, क्षतिपूर्ति, पुनर्स्थापना तथा मानवीय सहायताका कार्यक्रमहरू यसै प्रमाणित विवरणको वर्गीकरण अनुसार सञ्चालन हुनेछन्।