करार सेवामा कृषि स्नातक (अधिकृतस्तर छैटौं) पदको प्रारम्भिक योग्यताक्रम सूची तथा अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना !

कालिका गाउँपालिकाको मिति २०८३/०७/०९ गते प्रकाशित विज्ञापन अनुसार करार सेवामा कृषि स्नातक (अधिकृतस्तर छैटौं) पद १ (एक) जनाको पदपूर्तिका लागि रीतपूर्वक दर्ता हुन आएका आवेदनहरूमध्ये पदपूर्ति समितिको निर्णयानुसार छनोट भएका उम्मेदवारहरूको प्रारम्भिक सूची तथा अन्तर्वार्ता कार्यतालिका प्रकाशन गरिएको छ।

सूचीमा समावेश उम्मेदवारहरू (निमेश ढकाल र सुजन लामिछाने) लाई तोकिएको मिति, समय र स्थानमा सक्कल प्रमाणपत्र तथा प्रवेशपत्रसहित अन्तर्वार्तामा उपस्थित हुन जानकारी गराइन्छ।

  • विज्ञापन नं.: ०२/२०८३-०८४ (कृषि स्नातक - अधिकृतस्तर छैटौं)

  • अन्तर्वार्ता मिति र समय: २०८३/०८/०७ गते, दिउँसो ०२:०० बजे

  • स्थान: कालिका गाउँ कार्यपालिकाको कार्यालय, धैबुङ, रसुवा