करार सेवामा सर्भेक्षक, कम्प्युटर अपरेटर र अमिन पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना !
Powered by
riri one
कालिका गाउँ कार्यपालिकाको कार्यालय मातहतका कार्यालयहरूका लागि आवश्यक सर्भेक्षक (पाँचौं तह) १ जना, कम्प्युटर अपरेटर (पाँचौं तह) १ जना र अमिन (चौथो तह) १ जना करार सेवामा पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम प्राप्त इच्छुक उम्मेदवारहरूले नागरिकता, शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रहरू, २ प्रति फोटो र परीक्षा दस्तुर बुझाएको नगदी रसिदसहित सूचना प्रकाशित मिति (२०८३/०८/०२) ले १५ दिनभित्र गाउँ कार्यपालिकाको कार्यालय, धैबुङमा दरखास्त पेश गर्नुहुन अनुरोध छ।