करार सेवामा कृषि स्नातक (अधिकृतस्तर छैठौं) पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना !

कालिका गाउँपालिकाको कार्यालयका लागि आवश्यक कृषि स्नातक (अधिकृतस्तर छैठौं) पद १ (एक) जना करार सेवामा पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञानमा स्नातक (B.Sc. Ag.) उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले आवश्यक शैक्षिक योग्यता, नागरिकता र अन्य कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कालिका गाउँ कार्यपालिकाको कार्यालय, धैबुङमा दरखास्त पेश गर्नुहुन अनुरोध छ।