बाढी प्रभावित गर्भवती तथा सुत्केरी महिलाहरूका लागि नगद सहायता सम्बन्धी अत्यन्त जरुरी सूचना ।
Powered by
riri one
नेपाल रेडक्रस सोसाइटी र UNFPA नेपालको साझेदारी तथा कालिका गाउँपालिकाको समन्वयमा बाढी प्रभावित घरपरिवारका गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक महिला (७० वर्ष माथि), अपाङ्गता भएका महिलालगायत लक्षित वर्गलाई नगद सहायता उपलब्ध गराइने भएको छ। योग्यता पुगेका इच्छुक महानुभावहरूले सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र अनिवार्य रूपमा ANC/PNC कार्ड र नागरिकताको प्रतिलिपिसहित सम्बन्धित वडाका सम्पर्क व्यक्तिहरूमार्फत नाम सूचीकृत गराउनुहुन अनुरोध छ। थप विवरण तथा वडागत सम्पर्क नम्बरहरूका लागि संलग्न सूचना हेर्नुहोला।