समाजसेवी तथा बालमनोविज्ञ सूचीकृत हुन आउने सम्बन्धी सार्वजनिक सूचना !
Powered by
riri one
कालिका गाउँपालिका, स्थानीय बालअधिकार समितिको निर्णयानुसार बालबालिका सम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७८ बमोजिम स्थानीय बालअधिकार समितिमा सूचीकृत हुन योग्यता पुगेका समाजसेवी तथा बालमनोविज्ञहरूबाट दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र आवश्यक कागजातहरू (नागरिकता, शैक्षिक योग्यता, तालिमको प्रमाणपत्र, निवेदन र फोटो) सहित गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा बाल संरक्षण सम्बन्धी कार्यमा संलग्न व्यक्तिहरू समेत यस सूचीकरणमा सहभागी हुन सक्नेछन्। विस्तृत योग्यता तथा कागजातको विवरणका लागि संलग्न आधिकारिक सूचना हेर्नुहोला।