सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिका लागि अनुरोध सम्बन्धी जरुरी सूचना !
Powered by
riri one
कालिका गाउँपालिकाबाट प्रवाह हुने सेवा प्रवाह, योजना तर्जुमा तथा विकास निर्माणका कामलाई थप पारदर्शी, गुणस्तरीय, जवाफदेही र प्रभावकारी बनाउन सेवाग्राही तथा सरोकारवालाहरूबाट पृष्ठपोषण एवं सुझाव संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ। कालिका गाउँपालिकाको आयोजना तथा रेडियो लाङटाङ ९०.३ मेगाहर्जको सहजीकरणमा सञ्चालन हुने उक्त कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी तथा सम्पूर्ण पालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।