FAQs Complain Problems

संक्षिप्त परिचय

रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट २४ किमी दक्षिणपूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूबनौटमा फैलीयेको साबिक धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८ र राम्चे गाविस मिलेर बनेको मनोरम बस्ती नै कालिका गाउँपालिका हो | नेपालमा अन्य पहाडी भेगले ओगटेको  गुण झैँ यसले पनि सम्पूर्ण गुण ओगटी प्राकृतिक हराभराले सुसज्जित  भै रसुवाली मातृभूमिको उदरभित्र मस्तसँग पलेटी कसेर जनतालाई आश्रय दिइरहेको छ कालिका गाउँपालिका |

कालिका गाउँपालिका नुवाकोटसँग सिमाना जोडिएको फलाँखुखोला वा कुँडुल्ले फाँटदेखि सुरु भएर इटपारे, बेतीनी, कटुन्जे, कालिकास्थान, गोम्बोडाँडा हुदैँ राम्चेसम्म पश्चिम उत्तरतर्फ फैलिएको छ भने पूर्व उत्तरमा फलाँखुखोला, आम्बास, रुप्सेपानी, जिबजिबे, ज्याङलाङदेखि लोकिल सम्म फैलिएको छ |

साबिकको धैबुङ गाबिसको कार्यलयलाई केन्द्र तोकिएको यो गाउँपालिकाको क्षेत्रफल १२९.५४ वर्ग किमी रहेको छ |

राजनैतिक तथा प्रशासनिक विभाजन
प्रदेश नं :  तीन
अञ्चल :  बागमती
जिल्ला :  रसुवा
गाउँपालिका :  कालिका
क्षेत्रफल :  १२९.५४ (वर्ग किमी) ४८.३ किमी दुरी (बोडर)
अक्षांश :  २७°५८' देखि २७°०५' सम्म
देशान्तर :  ८५°११' देखि ८५°१५' सम्म
उचाई :  ६५८ मिटरदेखि ३९९४ मिटरसम्म
वडा संख्या :  पाँच

भूगोलिक अवस्थिति र सिमाना :

यस गाउँपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत समुन्द्री सतहबाट ६५८ मिटर कुँडुल्ले  फाँटदेखि ३९९४ मिटर उचाई (लारानि) सम्म फैलिएको छ | जस्को पूर्वमा नौकुण्ड गाउँपालिका, पश्चिममा 

उत्तरगया गाउपालिका, दक्षिण फलाँखुखोला (नुवाकोटसँग जोडिएको ) र त्रिशुली खोला तथा उत्तरमा गोसाईकुण्ड गाउँपालिका अन्तर्गतको लाङटाङ राष्ट्रिय निकुञ्ज पर्दछ |

धरातलीय स्वरूप अनुसार यस गाउँपालिकालाई तीन भागमा विभाजन गर्न सकिन्छ |

१.     ११००-१५०० उचाईसम्मका भूभागलाई मध्यपहाडी भागमा राखिएको छ, जसमा मानव वस्ती बाक्लो रहेको छ \

२.     १५०० भन्दा माथि ३९९४ सम्मको भागलाई तल्लो लेकाली भागमा राखिएको छ |

३.     ६५८ देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ |

भू-उपयोग : (वर्ग किमिमा)​ 

क्र. सं. भू-उपयोगिता क्षेत्रफल (ब.किमी)
घाँसे मैदान २७.५१
कडा काठ पतझड जङ्गल ६.७७
कडा काठ उष्ण जङ्गल १.१८
मिस्रित विशालु पतझड वनस्पति ११.२७
मिस्रित पतझड जङ्गल ९.२८
संरक्षित मिस्रित उष्ण जङ्गल &१५.५२
खेतीयोग्य जमिन ५४.७५
झाडी क्षेत्र १४१.६६
सदाबहार जङ्गल १.१७
जम्मा   २६९.११

एतिहाँसिक पृष्ठभूमि

कालिका गाउँपालिका साबिक धैबुङ, राम्चे गाबिसका पुरै वडा, लहरेपौवा ८ नम्बर वडा र भोर्ले १, ६, ८, र ९ नम्बर वडा मिलेर बनेको छ | साबिक धैबुङ गाबिसमा पर्ने कालिका माईको मन्दिरको नामबाट नै यस गाउँपालिकाको नामकरण भएको हो | सो मन्दिरलाई धैबुङ चित्रकलिका मन्दिर पनि भनिन्छ | गाउँपालिकाको हिशाबले यहाँ धेरै एतिहाँसिक पृष्ठभूमि नभए पनि यहाँ रहेका बिभिन्न स्थलहरुको एतिहाँसिक महत्व रहेको छ |