FAQs Complain Problems

पृष्टभूमि

पृष्टभूमि
कालिका गाउँपालिकाको नामाकरण यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थल कालिका देवीको नामबाट भएको हो । साबिकका राम्चे, धैबुङ, भोर्ले गा.वि.स. का वडा नं. १, ६, ८ र ९ र लहरेपौवा गा.वि.स.को वडा नं. ८ मिलेर कालिका गाउँपालिका बनेको हो । ९४२१ जनसंख्या रहेको यस गाउँपालिकामा ५ वटा वडाहरु रहेका छन् । १९२.५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको केन्द्र साबिक धैबुङ गा.वि.स. को कार्यालयमा सञ्चालन हुँदै आएको छ । यस गाउँपालिकाको पूर्वमा नौकुण्ड र गोसाइकुण्ड गाउँपालिका, पश्चिममा उत्तरगया गाउँपालिका, उत्तरमा उत्तरगया र गोसाइकुण्ड गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्ला रहेको छ ।