FAQs Complain Problems

घरनक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
२१ दिन
जिम्मेवार अधिकारी: 
कविता देवकोटा (ईन्जिनियर)
सेवा दिने कार्यालय: 
कालिका गाउँपालिका
सेवा शुल्क: 
गाउँपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि |
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि |
  • जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा |
  • कार्यालयको स्वीकृत फरमेटमा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा – ३ प्रति |
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि |
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि |
  • नक्सापास फाराम राजस्व प्रशासनबाट खरिद गर्नु पर्ने |
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण |
  • फोटो ४ प्रति | व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा) |
प्रक्रिया: 
  • व्यहोरा सहितको निवेदन फाराम | कार्यालय प्रमुखको तोक आदेश |
  • फिल्ड निरीक्षण तथा निवेदन दर्ता |
  • १५ दिने सार्वजनिक सूचना प्रकाशन सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत, वडा सचिवको किटानी सिफारीससंधियारको दस्तखत नभएमा पुन ७ दिनको सूचना र स्थानयि पत्रिकामा २१ दिनको सूचना प्रक्रिया पुगेको ७ दिन पछि नक्सापास हुने |
  • नक्सापास दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम | अस्थायी प्रमाण पत्र तयारी र स्वीकृती |
  • फिल्ड निरीक्षण |
  • स्थायी प्रमाण पत्रको लागि निवेदन | निर्माण सम्पन्न प्रमाण पत्र |