करार सेवामा कृषि स्नातक (अधिकृतस्तर छैटौं) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !

कालिका गाउँपालिकाको कार्यालयका लागि करार सेवामा कृषि स्नातक (अधिकृतस्तर छैटौं) पद १ (एक) जनाको पदपूर्तिका लागि मिति २०८३/०८/०७ गते सञ्चालित अन्तर्वार्ताको प्राप्ताङ्कका आधारमा पदपूर्ति समितिको निर्णयानुसार अन्तिम नतिजा प्रकाशन गरिएको छ। योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस हुनुभएका सफल उम्मेदवार सुजन लामिछाने (रोल नं. २०१) लाई सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयमा उपस्थित भई करार सम्झौता गर्नुहुन जानकारी गराइन्छ।