थुम्की महादेव मन्दिर परिसर पर्यटन पूर्वाधार निर्माणका लागि दररेट पेश गर्ने सम्बन्धी सूचना !
कालिका गाउँपालिकाको आ.व. २०८३/८४ को स्वीकृत बजेट अन्तर्गत थुम्की महादेव मन्दिर परिसर पर्यटन पूर्वाधार आयोजनाको लागत अनुमान प्रयोजनार्थ विभिन्न धार्मिक तथा परम्परागत सामग्रीहरूको दररेट आवश्यक परेकाले इच्छुक व्यवसायीहरूबाट दररेट माग गरिएको छ। इच्छुक फर्म वा व्यवसायीहरूले कालो पत्थर तथा रोशी पत्थर दुवै माध्यमका लागि शिवलिंग, बश्साहा, ढुंगेधारा, द्वारपाल सिंह र घण्टी लगायतका सामग्रीहरूको आधिकारिक दररेट कालिका गाउँ कार्यपालिकाको कार्यालय, धैबुङमा पेश गर्नुहुन अनुरोध छ। विस्तृत सामग्री विवरणका लागि संलग्न सूचना हेर्नुहोला।