शीत भण्डार गृह (चिस्यान केन्द्र) अवरुद्ध भएको सम्बन्धी किसानहरूका लागि अत्यन्त जरुरी सूचना !

कालिका गाउँपालिका वडा नं. २ मा सञ्चालित शीत भण्डार गृह (चिस्यान केन्द्र) भोटेकोशी बाढीका कारण विद्युत् सेवा अवरुद्ध भई हाल सञ्चालनमा नरहेको व्यहोरा जानकारी गराइन्छ। विद्युत् सेवा पूर्ण रूपमा सुचारु हुन कम्तीमा १ महिना समय लाग्ने देखिएकाले त्यहाँ भण्डारण गरिएका बीउ आलु तथा तरकारी जोगाउन र यथाशीघ्र उचित उपयोग गर्न सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध छ।