गन्तव्य पेट्रोल पम्पमा (पेट्रोल/डिजेल) वितरण सम्बन्धी प्रेस विज्ञप्ति !

भोटेकोशी-त्रिशूली बाढीका कारण उत्पन्न विषम परिस्थितिका बीच अथक प्रयासपश्चात् कालिकास्थानस्थित गन्तव्य पेट्रोल पम्पमा इन्धन आइपुगेको छ। मिति २०८३/०५/२३ गते बिहान ७:०० बजेदेखि प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाहरूको रोहवरमा तोकिएका सवारीसाधनलाई सीमित रूपमा इन्धन वितरण गरिने जानकारी गराइन्छ।

  • पेट्रोल: मोटरसाइकल र सार्वजनिक अटोहरूलाई मात्र

  • डिजेल: अत्यावश्यक सवारी साधनलाई प्रशासनको अनुमतिमा मात्र