स्वास्थ्य बीमा कार्यक्रमका औषधीहरूको शिलबन्दी दररेट पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना

कालिका गाउँपालिका अन्तर्गत जिवजिवे ग्रामीण अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमका लागि आवश्यक औषधिहरूको आपूर्ति गर्न आधिकारिक सप्लायर्स तथा कम्पनीहरूबाट शिलबन्दी दररेट माग गरिएको छ। इच्छुक फर्म वा कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र तोकिएका आवश्यक कागजातसहित कार्यालयमा सिलबन्दी दररेट पेश गर्नुहुन अनुरोध गरिन्छ। विस्तृत विवरण तथा औषधिको सूची गाउँपालिकाको वेबसाइटबाट डाउनलोड गर्न वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।