अनुदानको मल बिक्री वितरणका लागि आवेदन दर्ता/नवीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

कालिका गाउँपालिकाभित्र रासायनिक/अनुदानको मल बिक्री वितरण व्यवस्थापनका लागि इच्छुक कृषि सहकारी, अन्य सहकारी संस्था, निजी फर्म वा कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित गाउँपालिकाको कृषि विकास शाखामा आवेदन पेश गर्नुहुन अनुरोध छ।