जिबजिबे ग्रामीण अस्पताल सवलीकरण तथा सञ्चालन कार्यविधि, २०८३
Powered by
riri one
कालिका गाउँपालिका क्षेत्रभित्रका नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन तथा जिबजिबे ग्रामीण अस्पताललाई १५ शय्याको आधारभूत अस्पतालको रूपमा सुदृढ एवं व्यवस्थित गर्न गाउँ कार्यपालिकाबाट मिति २०८३/०५/२७ मा यो कार्यविधि स्वीकृत गरिएको छ। यस कार्यविधिले अस्पतालको वित्तीय तथा प्रशासनिक व्यवस्थापन, २४ घण्टे आकस्मिक सेवा, निःशुल्क उपचार, स्वास्थ्य बीमा, जनशक्ति व्यवस्थापन तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई कानुनी रूपमा व्यवस्थित गरेको छ। स्थानीय राजपत्रमा प्रकाशित पूर्ण कार्यविधि अध्ययनका लागि तल संलग्न गरिएको आधिकारिक पीडीएफ फाइल हेर्नु वा डाउनलोड गर्नुहोला।