नेपाली शीर्षक: विपद् व्यवस्थापनका लागि प्लाष्टिक उपलब्ध गराउने सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वानको सूचना ।

कालिका गाउँपालिकाको स्वीकृत कार्यक्रम बमोजिम विपद् व्यवस्थापन कार्यका लागि आवश्यक पर्ने प्लाष्टिक (५०० माइक्रोन, ६०० के.जी.) आपूर्ति गर्न इच्छुक दर्तावाला फर्म वा व्यवसायीहरूबाट सिलबन्दी दररेट प्रस्ताव आह्वान गरिएको छ। इच्छुक इजाजतप्राप्त फर्महरूले सूचना प्रकाशित भएको मिति (२०८३/०६/१५) ले ३ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा सिलबन्दी प्रस्ताव दर्ता गराउनुहुन अनुरोध छ। थप विवरण तथा दररेट फारामका लागि संलग्न आधिकारिक सूचना फाइल हेर्नुहोला।