खाना पकाउने ग्यास ढुवानी अनुदान रोक्का गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना !

भोटेकोशी नदीका कारण उत्पन्न असहज परिस्थितिमा गाउँपालिका क्षेत्रमा खाना पकाउने ग्यास आपूर्ति सहज बनाउन उपलब्ध गराइएको ढुवानी अनुदान सम्बन्धी कार्यक्रम हाल ग्यासको उपलब्धता सहज भएसँगै अर्को सूचना प्रकाशन नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।