अत्यधिक वर्षाको जोखिमका कारण विद्यालयहरू बन्द रहने सम्बन्धी सूचना ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भारीदेखि अति भारी वर्षा सम्बन्धी पूर्वसूचना अनुसार, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गरी कालिका गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू भोलि मिति २०८३/०६/०९ गते बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।