गर्भवती तथा सुत्केरी आमाहरूका लागि अण्डा उपलब्ध गराउने सम्बन्धी सूचना ।
Powered by
riri one
कालिका गाउँपालिकाभित्रका गर्भवती (९१ दिनदेखि) तथा सुत्केरी (४५ दिनसम्मका) आमाहरूलाई स्वास्थ्य संस्थामार्फत दैनिक १ वटाका दरले उपलब्ध गराइने ताजा अण्डा (उत्पादन भएको २१ दिनभित्रको र प्रति बाक्सा कम्तीमा १३ के.जी.) आपूर्ति गर्न इच्छुक कुखुरापालक फर्म वा व्यवसायीहरूले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र सिलबन्दी दररेट प्रस्ताव पेश गर्नुहुन अनुरोध छ।
-
आवश्यक कागजातहरू: सक्कल निवेदन र दररेट, फर्म दर्ता, प्यान/भ्याट दर्ता, र आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र।
-
म्याद: सूचना प्रकाशित मिति (२०८३/०६/०८) ले ७ दिनभित्र
-
सम्पर्क व्यक्ति: नवराज न्यौपाने (स्वास्थ्य शाखा प्रमुख, ९८५११८६५७०)