खाना पकाउने ग्यास सिलिन्डर ढुवानी सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक सूचना !

भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जाल विच्छेद भई ढुवानी खर्च वृद्धि भएको अवस्थामा, कालिका गाउँपालिकाले अत्यावश्यक ५०० सिलिन्डरसम्म खाना पकाउने ग्यासको ढुवानी खर्च व्यहोर्ने निर्णय गरेको छ। इच्छुक व्यवसायी, फर्म वा सप्लायर्सले आफूले ढुवानी गर्न सक्ने सिलिन्डर संख्याको विवरणसहित २ दिनभित्र आवश्यक कागजात पेश गर्नुहुन अनुरोध छ।

📄 पेश गर्नुपर्ने कागजातहरू:

१. सक्कल निवेदनका साथमा प्रतिबद्धता पत्र

२. वडा कार्यालयको सिफारिस

३. कम्पनी खुलेको सिलिन्डरको संख्या